loading...

Monday, January 16, 2017

छोराको लासलाई सुकुटी बनाएर खान बुहारीलाई सासुको धम्की


मेची आवाज डेक्स
धुलाबारी
नौ महिना गर्भमा राखेर जन्म दिने आमाले आफ्नो छोराको लासलाई सुकुटी बनाएर खानु भनेको सुन्दा कतिको अचम्म लाग्न सक्छ । तर झापा मेचीनगर १ मा भएको यस्तो एक घटनाले पुष्टि गरेको छ । मेचीनगर १ का तेजप्रसाद चम्लागाई वैदेशिक रोजगार  लागि आफूले भखरै विवाह गरेकी श्रीमती र परिवारलाई छोडेर साउदी पुगे । त्यहा पोल्ट्ी फर्ममा उनले काम समालेका थिए । तर विडम्बना उनी जे सोचले गएका थिए । ती उनका सपना सबै अधुरा भए । गत मङ्सिर ३ गते उनले अचानक सुसाईट गरे त्यो घटना हुनुकारण हरू दिन प्रतिदिन खुल्न थाले ।केही वर्ष अघि सोही घरमा मुली बुबा खस्नु भन्दा अगाडि सम्म सो घरमा ठिकै थियो तर जब ससुराको मृत्यु भयो । सासुको ब्यावहार बुहारीलाई गर्नेमा परिवर्तन हुन थाल्यो । हरेक समय आरोप लगाउने अनि आक्षेप लगाउने कारण तेजप्रसाद कि श्रीमती उमालाई सही सक्नु न भएर बारम्बर छोराले यी घटना मिलाउन खोजे तर सकेका थिएनन् । उनी प्रदेश गएपछि पनि बारम्वर बुहारीमाथि सासुको एकोहोरो हेप्ने कारणले अनतत् उनी माईत जान बाध्य भईन ।
dsc00049
छोराले बारम्बार आमा तपाईहरु मिलेर बस्नु भन्दा समेत नमानेपछि अन्तत् उनले सुसाईट गरेको प्रारभिक अनुन्धानबाट खुल्दै गएको छ । यी त सुरुवादको घटनामात्र हो । उनको मृत्यु भएको ३ महिना बित्न लागेपछि हिजो मात्र शव राजधानी बिमानस्थलमा आईपुगेको थियो । त्यहा छोरा पक्षका आमा सहितको टोली पुगेर सो लास उतै दहासंस्कार गर्ने योजना बनाएका थिए तर श्रीमती समेत पुगेपछि त्यहा फेरि अर्को रूप लियो । उनले म जहाँ जुन घरमा भित्रिए त्यही घरमा लगेर दहासंस्कार गर्नु पर्छ भने पछि सासुले लैजा तेरो लास सुकुटी बनाएर खानु भनेको उनको भनाई रहेको छ । यसै विषयमा यो घटनाको पेरिफेरि नियालेर लासको उद्धारको विषयमा लागिपरेका मानवअधिकारकर्मी दीपक दास यो घटनाले हिजो बिमानस्थलमै अचम्म बनायो प्रहरीलाई लास छुट्याउन बाध्य बनायो ।
dsc00048
एक अर्कामा हात छोड्ने अवस्था भएको थियो । तर जे भए पनि सासुले बुहारीलाई सुरुवाद देखिनै गर्ने व्यवहारको यो घटना भएको भन्दा फरक नपर्ला । अहिले धुलाबारीमा रहेको घर जग्गा समेत बुहारीले पाउछे भनेर नामसारि गरेको सुन्नमा आएको छ । तिन महिना अघि भएको घट्ना पछि लास बुहारीले धुलाबारी स्थित घरमा ल्याईन तर घरमा यति बेला ताला लागेको छ । सासु तेज कि आमा राजधानीमा छिन । यो घटनाले समाजमा बिकराल रूप लिई रहेको छ । अनतत् नेपाली काग्रेसका नेता ईन्द्रबहादुर बुढाथोकी भन्नु हुन्छ पारिवारिक कलह र हिसांले निम्ताएको घटना हो यो । यस्ता घटना फेरि समाजमा घट्न दिनु हुदैन् ।यति बेला झापाको खयरँडागीमा सबैको खोजीको विषय बनेको छ । यस्ता घटनाले समाजलाई कता तिर ढकेल्दै छ । के हुन्छ समाजको अवस्था अनि सासुबुहारीको सम्बन्ध अनि परिवारको मिलनमा कहिले आउँछ सुधार ?जन जनको प्रह्न को विषय हो यो ?

No comments:

Post a Comment

loading...