loading...

Monday, January 16, 2017

धादिङको खाल्टेमा बस दुर्घटना, २० जना घाइते

No automatic alt text available.
जिल्ला  सरदमुकाम धादिङबेँसीबाट खाल्टे गाविसको फ्याक्से जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २० जना यात्रु घाइते भएका छन् । 
धादिङ यातायात व्यावसायी सङ्घमा आवद्ध बा३ख ८२६३ नम्बरको बस खाल्टेको पतेनी गाँउस्थित फेदीको सडकबाट ४० मिटर तल खस्दा २० यात्रु यात्रु घाइते भएको उद्धारमा संलग्न रामबहादुर गुरुङले बताए । 
यो दुर्घटनाका घाइते मध्ये १५ जना गम्भीर रहेको गुरुङले बताए । बसमा सवारमध्ये सबैजसो घाइते भएका हुन् । 
घाइतेको उद्धार भइरहेकाले सबैको अस्था एकीन भइसकेको छैन । गाँउलेहरुले घाइतेको उद्धार गरिरहेका छन् । सदरमुकामबाट प्रहरी र एम्बलेन्ससहतिको टोली घटनास्थल आइपुगेको गुरुङले बताए । 

No comments:

Post a Comment

loading...