loading...

Sunday, January 15, 2017

नेपाल बिद्यार्थी संघ नवलपरासीले छक्का पन्जा टिमका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने (बिज्ञप्ति सहित)

नेपाल बिद्यार्थी संघ नवलपरासीले छक्का पन्जा टिमका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने (बिज्ञप्ति सहित)
नेपाल बिद्यार्थी संघ नवलपरासीले चलचित्र छक्का पन्जाको पाइरेसी मा मुछिएका भनिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको संकास्पद मृत्युको निस्पक्ष छानबिनको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक प्रेस बिज्ञप्ति जारि गर्दै संघले घटनाको निस्पक्ष छानबिन गरि दोषीलाई कारवाही नभएसम्म छक्का पन्जा टिम घटना संग जोडिएकाले त्यस टिमले उत्पादन गरेका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने, त्यति गर्दा पनि दोषी उपर कारवाही नभए थप आन्दोलनका कार्यक्रम ल्याउने आज जारी बिज्ञप्तिमा उल्लेख छ । संघका जिल्ला अध्यक्ष राजेश पौडेल द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा नोबेल कलेज सिनामंगलमा अध्यानरत कृष्ण सुबेदी गत पुस २८ गते आफ्नै कोठामा संकास्पद तरिकाले झुन्डिएको अवस्थामा भेटिनु र नोटमा आफुलाई पटक पटक मार्ने धम्कि आउने उल्लेख भएकाले घटना गम्भीर भन्दै दोसिलाई छिटो भन्दा छिटो पहिचान गरि कारवाही गर्न जोडदार माग गरिन्छ भनिएको छ।  

No comments:

Post a Comment

loading...