loading...

Sunday, January 15, 2017

गोरु जुधाउने मेलामा यसरी गोरुले मान्छेलाई नै उडाइदियो ! झन्डै भए परमाधम !

नुवाकोट – नुवाकोटको तारुकामा शनिबार भएको गोरु जुधाई कार्यक्रममा एक व्यक्ति गोरुको शिकार हुनबाट बालबाल बँचेका छन् ।
गोरु जुधाउन पुगेका तारुका–६ का भैरव श्रेष्ठलाई गोरुले हाने पनि सामान्य घाइते मात्र भएका छन् ।
काठमाडौँबाट करिब ८० किलोमिटर टाढा रहेको तारुकामा हरेक माघे सक्रान्ति मेलामा गोरु जुधाउने मेला आयोजना हुन्छ ।
श्रेष्ठ पनि आफ्नो भतिजसँग गोरु लिएर मेलामा पुगेका थिए ।

तर, एक्कासी गोरुले नै उनलाई आक्रमण गर्न पुग्छ ।
आयोजक समेत रहेका स्थानीय मदन श्रेष्ठ अनुसार उनलाई घटनामा सामान्य चोटपटक मात्र लागेको छ । घटनामा अर्का एक जना पनि घाइते भएको उनले बताए ।
काठमाडौँबाट गएको चिरायु अस्पतालको टोलीले उनको उपचार गरेको थियो ।

अहिलेसम्म नेपालमा गोरु जुधाई प्रतियोगितामा कसैको ज्यान गएको छैन ।
तर, स्पेनमा हुने बुलफाइटिङमा भने मानिसहरुले ज्यान समेत गुमाउने गरेका छन् ।

No comments:

Post a Comment

loading...