उदयपुरकी एक महिलाले मिर्गौला खराब भएर समस्यामा रहेका चार वर्षे छोराको उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । त्रियुगा नगरपालिका–३ की लिला बिकका चार वर्षे छोरा किसन बिक मिर्गौला खराब भएको छ । तर आर्थिक अभावमा उनको उपचार हुन सकेको छैन । लिलामायले मिर्गौला रोगी छोरा बचाई दिन सबैसँग आग्रह गर्नुभएको छ ।
‘ज्याला मजदुर गरेर दुई छाक टार्ने मेरो दैनिकीले छोरालाई उपचार गर्न सकिन’ जिल्ला बाल हेल्प लाइनको कार्यालयमा निवेदन दिँदै उहाँले भन्नुभयो,
‘दैव पनि म माथि मात्र खनियो, गएको वर्ष श्रीमान बित्नुभयो, अहिले छोरालाई मिर्गौला रोग लाग्यो । उपचार गर्ने पैसा छैन ।’ उहाँको सम्पत्ति भनेको पाँच धुर जग्गामा बेनको घर मात्रै हो । त्यो जग्गा पनि ऐलानी रहेको उहाँले बताउनुभयो । उहाँले छोराको उपचारमा सहयोग गरिदिन सरकार तथा गैरसरकारी निकायसहित सबैसँग आग्रह गर्नुभएको छ ।
‘सहयोगी हातहरु पाए छोरा बचाउने थिएँ’ लिलाले भन्नुभयो, ‘साथमा भएका दुई छोरालाई पढाउने धोको पनि छ ।’ गएको भदौमा छोराको पेट फुल्न थालेपछि जिल्ला अस्पताल उदयपुर उपचारको लाँदा मुटुको रोग भनेर शहीद गंगालाल हृदय रोग निवारण केन्द्रमा रिफर गरियो ।
जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाले आर्थिक सहयोग जुटाउने पहल सुरु गरेको नेस्पेक उदयपुरकी अध्यक्ष गंगा राईले बताउनुभयो । ‘आर्थिक अवस्था कमजोर भएकाले बाल हेल्पलाइनमा निवेदना आयो’ गंगाले भन्नुभयो, ‘तीन सदस्य रहेको समिति बनाई आर्थिक संकलनमा जुटेका छौं ।’ लिलाका जेठो छोरा १० वर्षका छन् ।
यि दुखि महिलालाई देखेर तपाईको मन पलायो ? पलायो भने कमेन्ट गर्नुहोस
No comments:
Post a Comment