मंसिर ३० – वैदेशिक रोजगारका लागि श्रीमान् विदेश भएको बेला देवरसँग अबैध गर्भधारण गरी शिशु जन्माएर हत्या गरेको आरोपमा एक महिला र उनका देवर पक्राउ परेका छन् ।
प्रहरीले आरोपित देवर भाउजूलाई पुर्पक्षका लागि थुनामा राखेको छ । उनीहरुलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आरोपित ति महिलाले बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरीको भनाई छ ।
थप अनुसन्धानका लागि प्रमाण कागजात जुटाउन भन्दै पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको थुनछेक आदेशले आरोपित दुईलाई पुर्पक्षका लागि थुनामा राख्न निर्णय भएको हो ।
आरोपितका श्रीमानले श्रीमती र भाइविरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत गएको कात्तिक ४ गते किटानी जाहेरी दिएका थिए ।
No comments:
Post a Comment