विजय थापा(nagariknews.com)
वाशिंगटन डीसी- अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीय संगम सुबेदी छन् भने सोही कारमा सवार अर्की यवतिको समेत मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन। फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार डिसेम्बर १५ तारीख फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटनामा अलाबामा ट्रोयका संगम सुवेदीले ज्यान गुमाएका हुन्।
सावधान विभत्स भिडियो !भिडियो संवेदनशिल भएकोले छोपिएको छ । मुटु दह्रो र छ भने मात्र बीचमा एक पटक क्लिक गर्नुहोस ।
उनी चढेको कार राजमार्ग ७९ को दक्षिणतर्फ यात्रा गर्ने क्रममा सडकमा रातो बत्ती बलेको समयमा नरोकिइ अघि बढ्दा दुर्घटना भएको राजमार्ग प्रहरीले जनाएको छ। तीब्र गतिको कार राजमार्ग २० तथा ७९ को बिन्दु (इन्टर सेक्सन) मा रोक्नु पर्ने थियो। उनी सिधै अघि बढ्दा अगाडि रहेको २०१० को इन्टरनेसनल बक्स नामक मालबाहक गाड़ीसँग ठक्किन पुगेको थियो। सो मालबाहक गाडीले अर्को गाडीलाइ ठक्कर दिएको थियो।
दुर्घटना भएको गाडीमा सुवेदी बाहेक अलाबामा ट्रोयकै २० बर्षीय छात्रा श्रद्धा सिह ठाकुरी तथा १९ बर्षीय असलीशा पण्डित सवार थिए। गम्भीर घाइते भएका उनीहरूलाइ फ्लोरोडा पानामास्थित एक चिकित्सा केंद्रमा भर्ती गरिएको छ। सबै यात्रीले सुरक्षा पेटी लगाएको र मदिरा सेवन नगरेको प्रहरीले बताएएको छ। उनीहरुविरूद्ध कुनै आरोप दाखिला भइसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
No comments:
Post a Comment