loading...

Saturday, December 17, 2016

पपुवा न्युगिनियामा ७.९ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनिमा शनिबार ७.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभाग (युएसजिएस)ले जनाएको छ।


स्थानीय समयअनुसार शनिबार साँझ ८.५१ मिनेटको समयमा गएको भूकम्पको न्यू आइरल्याण्डको तरोन क्षेत्रबाट करिब ६० किलोमिटर पूर्वमा ७५ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको युएसजिएसले जनाएको छ।



प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पका कारण पपुवा न्युगिनी, इन्डोनेसिया, नाउरु र सोलोमन द्वीपमा भयानक सुनामी आउनसक्ने चेतावनी दिएको छ। न्यूजल्याण्डको नागरिक रक्षा मन्त्रालयले पनि पपुवा न्यूगिनी, इन्डोनेसिया, ताडरु र सरेलोमन लगायतका प्रशान्त महासागरको तटमा रहेका सम्पूर्ण क्षेत्रमा सुनामी आउनसक्ने भनी सतर्क रहन आग्रह गरेको छ।
सावधान विभत्स भिडियो !


भिडियो संवेदनशिल भएकोले छोपिएको छ । मुटु दह्रो र छ भने मात्र बीचमा एक पटक क्लिक गर्नुहोस ।  









सुरुमा भूकम्पको धक्का ८ म्याग्निच्युड भएको बताइए पनि पछि यसलाई संशोधन गरी ७.९ म्याग्निच्युड भएको जनाइएको छ।



यस क्षेत्रमा रहेका अव्यवस्थित बस्ती तथा घरहरुका कारण भूकम्पका कारण केही मानिस भुकम्पका कारण प्रभाभित भएका र भौतिक संरचनामा क्षति भएको हुनसक्ने युएसजिएसले बताए पनि विस्तृत विवरण समाचार तयार पार्दासम्म प्राप्त भएको छैन। रासस/एएफपी


No comments:

Post a Comment

loading...