
एजेन्सी, माघ २०
हामीमध्ये धेरैलाई मन पर्ने फल हो लिच्ची । तर, लिच्ची खाँदा अब होस् पुर्याउनुपर्ने भएको छ ।
हामीमध्ये धेरैलाई मन पर्ने फल हो लिच्ची । तर, लिच्ची खाँदा अब होस् पुर्याउनुपर्ने भएको छ ।
भारतको बिहारस्थित मुजफ्फरपुरमा बितेको दशकमा सयौं बच्चाको ज्यान लिने संदिग्ध बिमारीको कारक तत्त्व लिची भएको पत्ता लागेको छ । स्थानीय मानिसबीच चमकी नामले चिनिएको यो रोगले हरेक वर्षको मे–जुनमा शिर उठाउँछ । र। कयौं बच्चाहरूको ज्यान लिन्छ ।
सन् २०१४ मा ३९० जना बालबालिका यो रोगको चपेटामा परेका थिए । र, उनीहरूलाई दुईटा अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूमध्ये २ जनाको ज्यान गएको थियो ।
भारत र अमेरिकाका वैज्ञानिकको संयुक्त प्रयासबाट पत्ता लागेको छ कि, खाली पेटमा लिच्ची खाँदा नै यो रोगले आक्रमण गरेको रहेछ । करिब ३ वर्ष चलेको अनुसन्धानको नतिजा विज्ञान पत्रिका ‘लेन्सेट ग्लोब’लमा छापिएको छ ।
वैज्ञानिकका अनुसार लिच्चीमा हाइपोग्लिसिन ए र मिथाइलेन्साइक्लो प्रोपाइल्गिसीन नामको विषालु तत्त्व हुन्छ ।
अस्पतालमा भर्ती भएका बढी बच्चाहरूको रगत र पिसाबको जाँचबाट उनीहरूमा यो तत्त्व पाइएको थियो । उनीहरूमध्ये बढीजसो बच्चाले रातिको खाना खाएका थिएनन । र, बिहान अत्यधिक मात्रामा लिच्ची खाएका थिए । यस्तो अवस्थामा यस तत्त्वको असर बढी घातक हुने बताइएको छ ।
डाक्टरहरूले बालबालिकालाई सीमित मात्रामा लिच्ची खान र त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन् ।
मुजफ्फरपुरका इलाकामा लिच्ची बेस्सरी फल्छ । र, यहाँबाट विश्वभरिका बजारमा लिच्ची आपूर्ति गरिन्छ ।
रोगको चपेटामा परेका बालबालिकाका बाबुआमाका अनुसार लिच्ची फल्ने सिजनमा उनीहरूका छोराछोरी दिनभरि लिच्चीको बगैंचामा समय बिताउने गर्छन् । यो दौरानमा उनीहरू आफ्नो सामान्य खानपान पनि बिर्सिन्छन् ।
No comments:
Post a Comment