loading...

Tuesday, January 24, 2017

BREAKING !! डोनाल्ड ट्रम्पद्वारा आमेरिकाबाट नेपाल आउने सबै सहयोग कटौतिको घोषणा !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन एवं परिवार नियोजन सम्बन्धी विदेशी सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन् । यसले नेपाल समेत प्रभावित बन्ने देखिएको छ । 
पदभार ग्रहण गरेको दोस्रो दिन, लाखौं महिलाहरुले प्रर्दशन गरेको पृष्ठभुमिमा सोमबार ट्रम्पले महिला अधिकारको महत्वपूर्ण एजेण्डा मानिने गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग रोक्ने गर्ने आदेश दिएका हुन् । यस्तो व्यवस्था सन १९८० को दशकमा सामाजिक एजेण्डामा निकै अनुदार मानिएका रोनाल्ड रेगनको शासनकालमा थियो ।

सन् १९८४ मा मेक्सिको सिटीमा आयोजित राष्ट्रसंघीय जनसंख्या सम्मेलनमा रेगनले गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग बन्द गर्ने घोषणा गरेका थिए । यद्यपी डेमोक्रयाटिक पार्टी नियन्त्रित सरकारले यस्तो प्रतिबन्ध माथि फुकुवा गर्दै आएको थियो । ओबामा प्रशासनले धेरै हदसम्म यस प्रति उदार नीति अख्तियार गरेको थियो ।

यसअघि नै अमेरिकी कानुनले अमेरिकी सहयोगको रकमबाट कुनैपनि विदेशी मुलुकमा गर्भपतन सम्बन्धी खर्च गर्न नपाईने व्यवस्था गरेपनि सोमबार ट्रम्पको आदेशले थप कडाई गरेको छ ।

आदेश अनुसार सुरक्षित गर्भपतन एवं सो सम्बन्धी कुनै खाले योजनाका लागि गैरसरकारी संस्थालाई दिइने रकम बन्द गरिएको छ । ट्रम्प एवं उपराष्ट्रपति माईक पेन्स, दुवै चुनावी अभियानमा गर्भपतन विरुद्ध प्रस्तुत हुँदै आएका थिए ।

सोमबारको कार्यकारी आदेशले नेपाललगायतका विकासोन्मुख मुलुकहरुमा अमेरिकी सहयोगमा चलिरहेका परिवार नियोजन, गर्भपतन सम्बनधी कार्यक्रमहरु बन्द हुने छन् । यसअघि नै जर्ज बुसको कार्यकालमा कडा शर्तका कारण नेपाललगायत केन्या, ईथोपियाले परिवार नियोजन सम्बन्धी केही कार्यक्रमहरु गुमाएको इन्टरनेशनल प्लान पारेन्टहुडले जनाएको छ ।

अमेरिकी सहयोग नियोग युएसआईडीले स्वास्थ्थ क्षेत्रमा साढे तीनअर्ब वर्षेनीखर्च गर्दै आएको छ । ट्रम्पको निर्णयले नेपालले पाउदैं आएको एक करोड डलरको सहयोग रोकिने छ । यसबारेमा डिसीस्थित नेपाली दूतावासले कुनै टिप्पणी गर्न मानेन ।

No comments:

Post a Comment

loading...