
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएपछि त्यसकाे सिधा असर नेपालमा पनि पर्ने भएकाे छ ।
ट्रम्पको यो निर्णयले सुरक्षित गर्भपतनसम्वन्धी कार्यका लागि आइरहेको १ करोड डलर सहायता कटौती हुने बताइएकाे छ । यसले गर्दा अब नेपालमा अमेरिकी कण्डाेम र पिल्सकाे युग पनि समाप्त हुने सम्भावना बढेकाे छ ।
गर्भपतनको विरोधी रिपब्लिकन पार्टीका हरेक राष्ट्रपतिले सन् १९८५ देखि नै याे कार्यक्रममाथि प्रतिवन्ध लगाउँदै आएका छन् । जर्ज डब्लू बुसले लगाएको पछिल्लाे प्रतिवन्धलाई डेमोक्रेटिक पार्टीका बाराक ओबामाले सन् २००९ मा हटाएका थिए ।
ट्रम्पकाे याे निर्णयकाे प्रभाव नेपालमा पर्ने नेपाल परिवार नियोजन संघकी अध्यक्ष अमुसिंह सिजापतिले पनि स्वीकार गरेकी छिन् । उनले बेलायती पत्रिका द गार्डियनलाई दिएकाे संक्षिप्त प्रतिक्रियामा यसबाट समुदायद्वारा सञ्चालित क्लिनिक, स्वास्थ्य शिविर गर्न नसक्ने र संघमा आवद्ध डाक्टर, नर्सका साथै स्वास्थ्य विशेषज्ञकाे जागीर पनि जान सक्ने बताइन् ।
No comments:
Post a Comment