loading...

Friday, January 13, 2017

उर्जामन्त्री जनार्दन शर्मा माथि आक्रमण गर्ने एमाले कार्यकर्ता भएको खुलासा



२९,पुस,अर्घाखाँची । ऊर्जामन्त्री जनार्दन शर्मा सहभागी सन्धीखर्कस्थित अर्घाखाँची महोत्सवमा ढुंगामुढा प्रहार नियोजित भएको खुलासा भएको छ  ।  माओवादी नेता डिलाराम आचार्यको भनाईलाई कारण देखाइएर ढुङ्गामुडा गरिएको भएपनि त्यो नियोजित रुपमा भएको खुलासा भएको हो ।  नेकपा एमाले अर्घाखाँचीले अघिल्लो दिनबाटै आक्रमण गरी शर्मालाई बोल्न नदिने योजना बनाएको अर्घाखाचीका माओवादी नेताहरुले आरोप लगाएका छन् ।  प्रमुख वक्ताको रुपमा महोत्सवमा सहभागी हुन पुगेका शर्मा सहभागी कार्यक्रममा ढुंगा प्रहार भएपछि उनलाई स्थानीय प्रहरीले सुरक्षा घेराबन्दीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । महोत्सवमा बोल्दै माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेशको सीमा विभाजनले खास ठूलो असर नपर्ने बताएपछि मञ्चमा ढुंगामुढा प्रहार भएको थियो । प्रहरीले सूरुमा ढुंगा हान्नेको पहिचान गरेको भएपनि जिल्लाको अवस्थालाई ख्याल गर्दै कुनै कारवाही अघि बढाएको छैन । उर्जामन्त्री शर्माको लोकप्रियताबाट अत्तालिएको एमालेले नै आक्रमणको योजना बनाएको भन्दै माओवादी नेता कार्यकर्ताहरु सामाजिक संजालमा एमालेविरुद्ध खनिएका छन् ।  

No comments:

Post a Comment

loading...