loading...

Monday, January 23, 2017

कर्मचारीले ट्यांकरमै पिसाव फेरिदिएपछी डीडीसीमा यस्तो लफडा ! (भिडियोसहित)

यो समाचार हाम?ले अर्थ सरोकार नाममा समाचार पोर्टलबाट हुबहु साभार गरेका हौं । समाचारको सत्यताको विषयमा हामी केही जवाफदेही हुनेछैनौं । समाचार स्रोत जान्न यहाँ क्लिक गर्नुहोस 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा हुने गरेको भ्रष्टचार र अनियमितताबारे अर्थ सरोकार डटकमले एक्स्कुल्सिभ खबर ब्रेक गरेपछि संस्थानका अन्य कर्तुतहरुपनि सार्वजनिक हुन थालेका छन् । यसैबीच दुग्ध विकास संस्थानले प्याकिङका लागि तयार गरेको दुध भएको ट्यांकरमा त्यहाँका एक कर्मचारीले पिसाव फेरेको, दुधको भाउ बढाउन भन्दै गुणस्तरहीन सामाग्री दुधमा मिसावट गरेकोजस्ता विभिन्न हर्कत गरेको पाइएपछी संस्थानमा रहेको उक्त गुणस्तरहीन दुध त्यहाँकै अन्य कर्मचारीहरुले फाल्न लगाएका छन् । 

'ट्यांकरमा एक कर्मचारीले पिसाव फेरेको भन्ने जानकारी आयो । पछी हामीले बुझ्दा त्यस्तो हुँदै होइन भनेर जिद्दी गरियो । यो कुरा मिडियामा लैजान्छौं भनेपछि उनले दुधचाहिं फाल्ने तर पिसाव फेरेको नभई गुणस्तरहीन भएकाले फालेको भन्ने जानकारी अरुलाई दिने भनेपछि, ठिकै छ भनेर दुध फाल्ने निर्णयमा पुगियो ।' त्यहाँका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।

उनी अगाडी भन्छन्, 'संस्थानमा मनपरी छ । जसले जे गर्न पायो वा सक्यो त्यहि हुन्छ यहाँ । जीएम एमाले निकट भएपछी एमाले निकट कर्मचारीको मनलाग्दी बढेको छ । त्यहि क्रममा एमाले र अन्य पार्टी निकटका कर्मचारीहरुबीच मनमुटाव बढेपछी 'सकेको गर' भन्ने शैलीमा एक कर्मचारीले ट्यांकरमा पिसाव फेरेका थिए । तर यो घटना बाहिरिंदा समग्र संस्थानकै बेइज्जत हुने भएकाले यो प्रकरणलाइ भने अगाडी नल्याउने भन्ने अन्य कर्मचारीको पनि राय थियो । यसैबीच दुधको भाउ बढाउने तयारी भन्दै अखाद्य बस्तु हालेर दुधलाइ बाक्लो बनाउन समेत खोजिएको थियो । त्यसको विरोध भन्दै दुध पोखियो ।'

उनका अनुसार संस्थानले उत्पादन गर्ने दुधमा मनपरी भएपछी त्यहाँका कर्मचारीहरुले दुध पोख्नुपर्ने माग गरेका थिए । यहि विषयमा त्यहाँ मनमुटाव पनि भएको थियो । तर अन्त्यमा त्यहाँका केहि कर्मचारीहरुले मिडिया गुहार्ने भनेपछि कुरा मिलेको थियो । 'त्यहाँको फोटो र भिडियो नखिच्ने समेत अनौपचारिक सहमति भएको थियो । तर केहि साथीले भिडियो खिच्नुभएको छ। ' उनले भने ।

हेर्नुहोस् भिडियो :          

No comments:

Post a Comment

loading...