loading...

Monday, January 23, 2017

अढाई वर्षकी छोरीसहित श्रीमती वेपत्ता, विदेशमा रहेका श्रीमान् तनावमा

धनुषा बटेश्वरकी निर्मलादेवी अढाई वर्षकी छोरी रिचुसहित गएको पाँच दिनदेखि हराएकी छिन् । 
ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दिउँसो छोरीलाईसँगै लिएर घरभन्दा केही पर दाउरा ल्याउन गएको बेलादेखि बुहारी निर्मला वेपत्ता भएकी छिन् । आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि बुहारीलाई खोजदिन अस्थायी प्रहरीचौकी बटेश्वरमा निवेदन दिएको उहाँले बताउनुभयो ।
बुहारी र नातिनी पाँच दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । वेपत्ता निर्मलाका श्रीमान् श्रवण साह लहेरी वैदेशिक रोजगारीको शिलशिलामा तीन वर्षदेखि खाडी मुलुक साउदी अरेवियामा छन् । निर्मलाकी ६ वर्षका छोरा र अढाई वर्षकी छोरी छन् । श्रीमती र छोरी वेपत्ता भएपछि श्रीमान् श्रवण विदेशमा तनावमा छन् ।  
उहाँले  विदेशबाट फोन गरी श्रीमती र छोरीलाई कसैले अपहरण गरेको हुन सक्ने शंका व्यक्त गर्नुभयो । उहाँले केही दिनअघि एकजना मोटरसाइकलमा सवार व्यक्तिले केही कुरा भनेपछि श्रीमती निर्मलाले एक झापड हिर्काएकी बताउनुभयो । त्यहि अपरिचित व्यक्तिले निर्मलालाई अपहरण गरेको हुन सक्ने भएकाले खोजविन गरिदिन सबै पक्षसँग आग्रह गर्नुभयो ।
श्रवणले ७ वर्षअघि भारतको पञ्जाबमा कामको शिलशिलामा जाँदा प्रेम विवाह गरी निर्मलालाई ल्याउनु भएको थियो । यता बटेश्वर प्रहरी चौकीले निर्मलाका ससुराले निवेदन दिएको र आमा छोरीको खोज तलास गरिरहेको जनाएको छ । 

No comments:

Post a Comment

loading...