loading...

Sunday, January 22, 2017

१२ बर्षदेखि विद्युत चुहावट गरेर लोडसेडिङ गराउने एक दर्जन सरकारी कर्मचारी पक्राउ

 विगत १२ बर्षदेखी विद्युत चुहावट गरी लोडसेडिङ गराउँदै आएका नेपाल विद्युत्त प्रधिरणका सुपरभाइजरसहित एक दर्जन कर्मचारी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले हेटौंडा, काठमाडौंको बानेश्वर, बालाजु तथा महाराजगञ्ज लगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा विद्युत्त प्राधिकरण बालाजुको सुपरभाईजर सुमन श्रेष्ठ, पूर्व मेन्टिनेन्स टहल बहादुर कार्की, हेटौंडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान, बानेश्वर शाखाका इलेक्ट्रिसियन अच्युत खड्का, ग्राहक सेवा निर्देशनालयका मिटर रिडरहरु दिल बहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा,ठाकुर महर्जन, मनिज श्रेष्ठ, लगनखेल शाखाका सुर्य बहादुर थापा तथा भक्तपुरको पूर्व सुपरभाईजर भगवान पाण्डे रहेका छन् ।

विद्युत्त चुहावट गरेर लोडसेडिङ बढाउने कार्यमा भूमिका खेल्ने चार जना उद्योगीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा मञ्जुश्री खानेपानी उद्योगका सञ्चालक कुमार लामा, मिठाई पसल सञ्चालक तपन घोष, कपास ब्यापारी परवेज आलम तथा रामेश्वर मिठाई पसलका सञ्चालक रमेश चुँडाल रहेका छन् ।

No comments:

Post a Comment

loading...