पछिल्लो समय नेपालमा रातो नम्बरको आतङ्क बढ्दै गएको पाईन्छ ।
एनसेलको नम्बरबाट मानिसहरुलाई फोन गरेर आतंक मच्चाउनेले अहिले जनमानसमा त्रास फैलिएको छ । रातो नम्बर आतङ्क मच्चाउने गायक गायिका नै पक्राउ परेपछि बल्ल यसको राज खुलेको छ । सामाजिक सञ्जालमा रातो नम्बरको आतङ्क फैलाउने गायिका प्रशन्ना पाण्डे र गायक दीपक बराइली अहिले प्रहरी हिरासतमा छन् ।

मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार गर्ने उनीहरुलाई पक्राउ गरेको हो । बराइलीले रातो नम्बर उसैले ’क्रिएट’ गरेको सिआइबीले जानकारी दिएको छ । प्रहरीले यो नम्बरबारेमा भ्रममा नपर्न पटक पटक आग्रह गरिरहेको छ । त्यसका बाफजुतपनि रातो नम्बर आतङ्क मच्चाउने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।
गायिका प्रशन्ना पाण्डे र गायक दीपक बराइलीले भने भुलवस फेसबुकमा सेयर गरिएको भन्दै माफि मागेका छन् । यसअघि झापा घर भएकी पप गायिका प्रशन्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन् । उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् ।
केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीमाथि अनुसन्धान थालेको थियो ।
No comments:
Post a Comment