loading...

Sunday, January 1, 2017

‘राताे नम्बरले रगत छादेर मानिस मृत्यु’ भएको हल्लाले उग्र रुप लियो, एनसेलको सिम नै फाल्न थाले


काठमाडौं, १७ पुस । रामेछाप खनियापानी ७ की देवमायाँ खड्कालाई भकुन्डेबाट बहिनीको फोन आयो,–यहाँ भकुन्डेमा एनसेलको नम्बरबाट फोन आउँदा एक जनाले रगत छादिन् तुरुन्त एनसेलको सिम फाल्नु ।’ बहिनीको फोनपछि उनले एनसेलको सिम मोबाइलबाट झिकेर फालिन् । उनले मात्रै होइन उनकी छोरी सावित्रा खड्काले पनि सिम झिकेर फालिन् ।
यो हल्लाले अहिले रामेछापको खनियापानीमा मात्रै होइन जिल्लाभरी एनसेलको सिम फाल्ने होड चलेको छ । मोबाइल चलाउनेहरुले यतिबेला एनसेलको सिमका कारण स्विच अफ गर्न थालेका छन् ।
खनियापानी सात कटुन्जेका गणेश बहादुर खड्काका अनुसार जिल्लाभरी यो हल्लाले एनसेल सिम फाल्न थालिएको छ । ‘यो वाइयात खबर हो, भनेर मैले भनेपछि बुद्धिजिवीहरुले समेत यो खबर पत्याएका छन्,’ उनले भने,‘यहाँ भएका सबैले मोबाइल स्विच अफ गरेका छन् ।’
खड्काले स्थानिय स्वास्थ्य चौकीको बोर्ड बैठकमा समेत यस्तो हल्ला चलेपछि हल्लाको पछि नलाग्न सुझाएका थिए । तर, पनि बुद्धिजिवीले समेत ‘रगत छादेर’ मर्ने हल्ला सत्य हुनसक्ने जवाफ दिएपछि उनको केही लागेन ।
रामेछापमा मात्रै होइन नुवाकोटमा पनि एनसेलको सिम फाल्ने अभियान शुरु भएको छ । नुवाकोटको चतुराले गाविस तीनका राम प्रसाद पाण्डेले आफूले चलाउँदै आएको एनसेलको सिम फालेका छन् । ‘रातो नम्बरबाट आएको फोन उठाउँदा नुवाकोटमा एक जना मान्छे मरेको हल्लाले गर्दा मैले चलाउँदै आएको मोबाइल बन्द गरेको थिएँ,’ उनले भने,‘अहिले त एनसेलको सिम नै फालिदिएँ ।’
त्यस्तै धादिङमा पनि यो ‘हल्ला’ले ठाउँ पाएको छ । धादिङको भुमेस्थान गाविस घर भएका नरेश क्षेत्रीले एनसेलको सिम निकालेर फालेको बताएका छन् । ‘खै एक जना मान्छे रातो नम्बरबाट फोन आउने वित्तिकै मरेको खबर पाएँ, त्यसैले मेरो मोबाइलमा अब एनसेलको सिम छैन,’उनले भने,‘यस्तो डरमा बाँच्नु भन्दा बरु सिम नै फाल्यो आनन्द भो ।’
रामेछापका सिडिओ भन्छन्,–‘त्यस्तो घटना भएको छैन’
रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले त्यस्तो कुनै घटना नभएको बताएका छन् । ‘त्यस्तो केही घटना भएको भए यहाँ जानकारी आउँथ्यो । हामीसँग प्रहरी छ । प्रहरीकोमा त्यस्तो जानकारी आउँछ,’ उनले भने,‘मान्छे मरेको वा घाइते भएको भए हामीलाई जानकारी आउँनुपर्छ । त्यस्तो केही भएको छैन ।’ 
Source : Diyo post

No comments:

Post a Comment

loading...