loading...

Saturday, December 31, 2016

केही दिनदेखि मोबाइलमा फैलाएको रातो नम्बर आतंक के हो? यसरी फैलाइएको थियो हल्ला

SHARE THIS POST 
केही दिनदेखि रातो नम्वरवाट कल आउने र कल रिसिभ गरेमा मुत्यु हुने हल्ला फैलियो।मुलुकको कुनाकाप्चा सम्म यो अफवाह एकाएक फैलियो। विदेशमा गएकाहरुको आफन्तलार्इ टार्गेट गरेर हल्ला फिँजार्इयो।

व्यक्तिहरुले फोटोसप र प्रविधिको दुरुपयोग गरेर मुत्युका तस्विर समेत राखे।तर यो मोबाइल एप्लिकेशनको दुरुपयोग गरेर फैलाइएको हल्ला मात्रै थियो।
 
के हो वास्तविकता 
एन्ड्रोइड वा आइओएस जुनकुनैपनि स्मार्टफोनमा 'फेक कल'को एप डाउनलोड गरेर सवैलाई फेक कल गर्न मिल्छ। बजारमा फैलिएको हल्ला यही हो।
प्रयोगकर्ताहरुले त्यो एपलाई डाउनलोड गरेपछि कुन कलमा फोन रिसिभ गर्ने र कसको नामवाट राख्ने वा नाम नै नराख्ने अप्सन आउँछ।

यो एपमार्फत तपाईले आफैलाई कल गराउन सक्नुहुनेछ र त्यो कुनैपनि कलमा उपलब्ध हुन्छ। त्यसैलाई स्क्रिन सट गरेर केही व्यक्तिले अफवाह फैलाए।
 
सम्वन्धित निकाय मौन
नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले रातो नम्वरवाट आएको कल सम्वन्धी भ्रमलार्इ रोक्न कुनै पहल गरेन।प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले गुनासो नआएकोले कुनै  कदम नचालिएको बताए।

'प्रविधिको दुरुपयोग गरेर फैलाइएको हल्ला मात्रै हो, अर्यालले भने 'मोबाइलमा कुराकानी गर्दा मुत्यु हुने भ्रम पाल्नु गलत हो।' इन्टरनेट सोसाइटी नेपालका सचिव प्रकाश अर्यालले अनावश्यक भ्रम रोक्न टेलिकम अपरेटरले कुनै पहल नगरेको आरोप लगाए।नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले रातो नम्बरका बारेमा विहिवार उपभोक्तालार्इ सूसूचित गर्ने बताए।

No comments:

Post a Comment

loading...