loading...

Thursday, December 22, 2016

लोकमानमाथि दुर्व्यवहार, सर्वाेच्च परिसरभित्रै मुक्का प्रहार, कालोमोसो दलियो

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमा दुर्व्यवहार भएको छ ।
सर्वोच्च अदालत पुगेर गाडीबाट ओर्लिंनासाथ भीडबाट निस्किएका २ जनाले उनीमाथि मुक्का प्रहार गर्दै कालोमोसो दलेका हुन्। कालाेमाेसाे दल्नेहरूमा कीर्तिपुर बस्ने रूकुमकाे रूकुमकाेट–८ का प्रवल शाही र गंगबु बस्ने रूकुम अाठबारी–४ का चन्द्रबहादुर बुढा रहेकाे खुलेकाे छ। 
लोकमानमाथि जाइलागेका उनीहरूले भिडमा ‘नेकपा माओवादी जिन्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, ज्यानमारालाई कारवाही गर’ लगायतका नारा लगाएका थिए।
लोकमानलाई दुर्व्यवहार गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शाही र बुढा दुबै नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका कार्यकर्ता भएकाे खुलेकाे सर्वाेच्च अदालतकाे प्रहरीले जनाएकाे छ।

No comments:

Post a Comment

loading...