loading...

Friday, December 16, 2016

गुप्तेश्वर गुफा (साभार ः विभिन्न अनलाइनहरुबाट)


ptoto : hamro Guptishory 
ptoto : hamro Guptishory 
एउटा मानवीय आस्था र विश्वास बोकेको एउटा प्राकृतिक स्थल हो गुप्तेश्वर गुफा । ठूलो िकंवदन्ती बोकेको गुफाको वरिपरि पुग्दामात्र पनि एउटा प्राकृतिक छटाले मानवतालाई लोभ्याउने गर्दछ । प्रकृती हरियो मात्र होईनप्रकृती सुन्दर बँगैचा मात्र पनि होईन त्यो भन्दा बाहिरको प्रकृती पनि सुन्दर हुन्छ भन्ने उदाहरण पनि हुनसक्छ यो स्थान । ठूलो भीरको बीचमा रहेको सानो गुफा जसलाई ढुङ्गै÷ढुङ्गाले घेरेर राखेको छबाहिर जति सुन्दर छ गुफाको भित्र त्यो भन्दा पनि सुन्दर छ । गुफा बाहिरको सुन्दरताले लोभ्याउनेहरुलाई गुफा भित्रको सुन्दरताले झनै सपनामा नै हराएजस्तो बनाउँछ पनि । यसमा ठूलो जनआस्था र विस्वास लुकेको पनि छ । यसैले त यहाँ प्रत्येक शिवरात्री र हरितालिका तीजको दिनमा हजारौं मानिसहरुलाई दोहोर् याउने गरेको छ ।
धादिङ जिल्लाको कल्लेरी गाउँविकास समिति वडा नं। ९ मा अवस्थित गुफा हो गुप्तेश्वर गुफा । हिन्दुधर्म मान्नेहरुको लागि एउटा आस्थाको केन्द्र पनि हो यो । के महिला के पूरुष यहाँ हिन्दुहरुको आराध्य देव महादेव÷पार्वतीको वासस्थान रहेको जनविस्वासमा विशेष दिन पारेर पूजाआजा गर्ने गरिन्छ । त्यो विशेष दिन शिवरात्री र हरितालिका तीज हो । यो गुफामा तीन पटकसम्म गएर महादेवसको दर्शन गर्नाले पुण्य प्राप्ती हुन्छपाप पखालिन्छ भन्ने जनविस्वास रहेको छ । मध्य भीरमा अवस्थित यो स्थानमा पुग्नको लागि त्यती धेरै सहज नभएपनि गएपछि पुण्य पाई्रन्छ भन्ने आसाले यहाँ धेरैलाई दोहोर् याउने गरेको हो ।

गुफाको प्रकृती अन्य गुफाको भन्दा एकदम फरक छ । मुख्य ढोकाबाट छिर्ने स्थानमा सानो आकार भएको गुफा भित्र फराकिलो छ । करिब २५ फिट अग्लो गुफामा १ घण्टा लगाएर घुम्न सकिन्छ । यो गुफामा थुप्रै जिवहरुको आकृती मिल्नेगरी निर्माण भएको चट्टान देख्न सकिन्छ । गाईहात्तीमानिस लगायत खेतवारीको आकृती यहाँ देख्न सकिने एक अद्भुत आकृती हो ।
गुफाको मुख्य भागमा रहेको महादेवको मुर्ती आकारको चट्टान माथिबाट गाईको थुनजस्तो देखिने चट्टानबाट दुधजस्तै सेतो वस्तु चुहिएको जस्तो पनि देखिन्छ । यसलाई्र महादेवलाई गाईले दुध चढाएको भनेर भन्ने गरिएको छ । गुफाको अर्को चमम्मको पक्ष यो हो कि भित्र जानको लागि जुन ढोकाको प्रयोग गरिएको थियो हामीले फर्कनको लागि सोही स्थानको प्रयोग गर्न नपाईने रहेछ । फर्कनको लागि गुफामा अर्को एउटामा सानो स्थान रहेको रहेछ जहाँ एकजना व्यक्ति छिर्नको लागि पनि गाह्रो पर्ने छ यसको पनि आफ्नै मान्यता रहेको रहेछ । यसमा धर्मात्माहरु सजिलै छिर्ने र पापी मानिसहरु छिर्न नसक्ने भन्ने जनविश्वास रहेको छ सोही अनुसार गुफामा पुगेकाहरु आपुनो ुधर्मु परिक्षण गर्नको लागि सो स्थानबाटै निश्कने प्रयास गर्दछन् ।
परापूर्व कालमा महादेव विरत्तिएर हिडेको र सो स्थानमा आएर सोही गुफामा बसेपछि नकिस्किएको भन्ने एक किसिमको जनविस्वास रहेको छ भने सतिदेवी मरेपछि बौलाएर हिडेका महादेव सो स्थानमा आएपछि मन सान्त गर्नको लागि गुफामा बसेको िकंवदन्ती पनि रहेको स्थानीय सेरबहादुर नगरकोटीले बताए । उनले धेरै रमणिय स्थल भएको भएपनि प्रचारमा भने कन्जुस्याई भएको भन्दै गुनासो पनि गरे ।
यहाँबाट धादिङको जिल्लाको गणेश हिमाल हिमश्रृखलादेखि महाभारतको चुरेपर्वतसम्मको अवलोकन गर्न सकिन्छ धादिङ जिल्लाको प्राय स्थानहरुको साथै अन्य डाडाहरुको अवलोकलनको लागि यो स्थान वरदान नै सावित हुन पनि सक्छ । राजधानीबाट नजिकैको दुरीमा रहेको कारण पनि यहाँ जानको लागि त्यति धेरै समय खर्चिनु पर्देन । राजधानीवाट करिब दुई दिन यात्रामा को समय छुट्ट्याईयो भने हामी सजिलै घुमेर फर्कन पनि सक्छौं । राजधानीको कलंकीबाट सवारी छुटेपछि करिब ५६ किलोमिटरको सवारी यात्रा पश्चात हामी २ घण्टाको पैदलयात्रामा प्रकृतीको दृष्यावलोकन गर्दै सो स्थानमा पुग्न सक्छौं । सारिरीक रुपमा समस्या हुनेको लागि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र पुरानो सदरमुकाम सुनौलाबजार हुँदै सवारीमा सो स्थानमै पुग्न पनि सकिन्छ । वास बस्नुपरेमा सो स्थानबाट करिब ३० मिनेटमा पुगिने सुनौलाबजारमा होटल तथा जलको सुविधा पनि छ । यसको कारण पर्यटकलाई्र पनि खासै समस्या नहुने देखिएको छ । छोटो समयको यात्रा तय गर्नेको लागि एकै दिनमा समेत राजधानी फर्कन सकिने भएको कारण एक पटक सबैको लागि पुग्नै पर्ने स्थान हुन सक्छ यो गुफा ।
थौरे खर्चमा पनि हामी गुफामा पुगेर फर्कन सक्छौं । बस्नको लागि होमस्टेको विकास भैरहेको कारण त्यहाँको स्थानीयसंस्कृतीसंग घुलमिलको लागि पनि सजिलो हुने छ ।
अहिले सो स्थानमा स्थानीय खानाको साथै अन्य परिकार समेत पाईने होटलको किवास भइरहेको छ । जिल्लाको पुरानो सदरमुकाम भनेर चिनिने सुनौलाबजारमा रहेको होटलहरुमा खाना र बस्नको लागि व्यवस्था गरिएको छ । यो बाहेक स्थानीयहरुको आत्मिक सत्कारमा हामीले होमस्टेमा रमाउन पनि सक्छौं । जसको लागि कुनै शुल्क निर्धारण गरिएको छैन । गुप्तेश्वरी गुफामा पुग्नको लागि हामीले आफ्नै सवारी भएमा प्रतिव्यक्ति २ हजारदेखि २५ सय रुपैयाँको खर्चमा पुग्न सकिन्छ । सार्वजनिक सवारी प्रयोग गर्नुपरेमा ३ हजार रुपैयाँसम्मको व्यक्तिगत खर्चले हामीले दुईदिनेको गुफाभ्रमण कार्यक्रम सकेर राजधानी फर्कन सक्छौं ।
सो स्थानमा पुगेकाले गणेश हिमाल हिमश्रृखलाको दृष्यावलोकनको साथै जिल्लाको प्रसिद्ध मन्दिर भैरवी मन्दिरको भ्रमण पनि गर्न सक्छन् । तत्कालिन राजा पृथ्वीनाराण शाहको समयमा स्थापना गरिएको भनिएको यो मन्दिर जिल्लाकै दोस्रो उच्च स्थानमा रहेको छ । यहाँबाट जिल्लाको ७० प्रतिशत स्थानको अवलोकलन गर्न सकिन्छ भने गणेश हिमालको दृष्य सिधा कैद गर्न सकिन्छ !

No comments:

Post a Comment

loading...