
- अर्थ सरोकारकाठमाडौँ - काठमाडौँबाट मोफसल जाने वा मोफसलबाट काठमाडौँ आउनेहरुले खाना खाने होटलहरुमा खुलेआम यौन धन्दा हुने गरेको पाइएको छ । विशेषगरी मुग्लिन, सिम्ले, लगायतका ठाउँहरुमा यस्तो व्यापार हुने गरेको पाइएको छ । केहि घन्टाको लागि आफ्नो यौन प्यास मेट्नेहरुदेखी रातभर मस्ती गर्नेहरुसम्मका लागि समय हेरेरे यौनकर्मीहरुले पैसा लिने गरेको स्रोतको दावी छ ।१०० रुपैयाँमै ज्यान बेच्छन् यौनकर्मी :त्यहाँका यौनकर्मीहरुले १०० रुपैयाँमै ज्यान बेच्ने गरेका छन् । आफ़्नो नाम नबताउने सर्तमा मुग्लिनकि एक यौनकर्मीले १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्ममा ग्राहकहरुलाइ एक घण्टा सेवा दिने बताएकी छिन । 'हाइवेमा भेटिने भनेका कतै जान लागेका वा गएर फर्केकाहरु हुन् । कतिपय गाडी कुरिरहेका पनि हुन्छन् । १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्मको कारोबार हुन्छा र रमाइलो गरिन्छ / दिइन्छ ।प्रशासन मौनयसरी खुलेआम रुपमा यौन व्यापार भइरहेको भएपनि प्रशासन भने मौन रहेको छ । 'यहाँ यौन व्यापार हुनु नौलो होइन । हाइवेमा यौन व्यापार राम्रै हुन्छ भन्ने प्रहरीलाई थाहा छ । तर पनि होटलहरुमा सबै सेटिङ हुन्छ। ' एक यौनकर्मीले अर्थ सरोकार डटकमलाइ बताए । ' होटलहरुलाइ त मासिक रुपमा बुझाउने हो । हामीसकेसम्म बढी ग्राहकहरुलाई सन्तुष्टि दिएर बढी पैसा कमाउने ध्यानमा छौं ।' ती यौनकर्मीको भनाइ थियो ।ड्राइभरलाइ 'फ्री सर्भिस', दिनमा १० बढीसँग सेक्स !त्यहाँ रहेका यौनकर्मीका अनुसार ड्राइभरलाइ भने यौनकर्मीले फ्री सर्भिस दिनुपर्छ । ड्राइभरलाइ फ्री सर्भिस दिएको खण्डमा गाडी त्यहि होटल अगाडी ल्याएर रोकिदिने र आफुलाई फाइदा हुने उनीहरुको भनाइ छ । 'ड्राइभरलाइ त फ्री सर्भिस नै हो । अव उसले नै ग्राहक ल्याईदिन्छ, फ्री नगरेर पनि भएन। ' यौनकर्मीको भनाइ थियो ।
No comments:
Post a Comment