पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार दुःखेसो पोख्नुभएको छ । मूल्य र मान्यतामा आधारित राजनीति नभएको, नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाएको, बाह्य शक्तिको आडमा अस्थायी सत्ता हावी भएको भन्दै उहाँले दुःखेसो गर्नुभएको हो ।
पूर्व राजा शाहले नेपालीबिचको सामाजिक सद्भाव मेटिँदै गएकोसमेत बताउनुभएको छ । क्रान्तिकारी, परिवर्तनकारी, बलिदानीलगायत शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने काम भइरहेको भन्दै यस्तो कार्य अशोभनीय र असैह्य रहेको बताउनुभएको छ ।
अहिलेको अवस्थामा वाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको भन्दै उहाँले स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धमिलो पारिएको बताउनुभयो । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।
यस्तो छ पूर्वराजाको विज्ञप्ती
आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भुमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सुम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एवं कर्तव्य हो । तर वर्तमान अवस्थामा मुल्य मान्यतामा आधारित राजनीति नहूनू, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनू र आपराधिक कार्यले नेपाली समाज प्रताडीत बनिरहेको छ । दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ ।
नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ । आज नेपाली बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ ।
निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हून सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हून सक्दैनन् । माटो र मुटुुसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।
नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासि नै हून् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णूता, सहअस्थित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ ।
अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं । समय भडकी सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।
२०७३ साल पौष ६ गते ।
जय नेपाल ।
२०७३ साल पौष ६ गते ।
rajale pratyaksha shasan garnu hudain ani pratyaksha shasan garne rajako manchhe harule namatti, desh ra janatako rights sangat sushasan gare bhane Nepal desh unnat vayer falchh ra fulchh. But panchayat ko jasto ek lauti chor dankaa samsadkaa jhut kura trust garera has has bhandai andho bishwaas maa desh ra janataa sukhi chhan vaner chor dankaa kai bishwaas maa desh chalyo vane jati palta raajaa aaye pani kehi hunna. Raja ra praja dubaiko man mashtishk samaj nirmanmaa samarpit hunu parchh. Desh bikashko visan bina ab RAJA pani ustai ho vanne lagchh. Raja huna ab feri satya jug lyaunchhu vanne athot le jan asthaa banaunu parchh rajale. समय भडकी सकेपछि RAJAA ko पश्चातापले Pani कूनै अर्थ राख्दैन ।
ReplyDelete