‘भोलिदेखि मन्त्रालयमा नआइज मु..... आइस् भने मा.... तँलाई घोक्र्याएर निकाल्छु’ यस्तो अश्लिल शब्द प्रयोग गर्दै नेपालका एक बहालवाला मन्त्रीले सचिवलाई गाली गरेका छन् । ठूलो रकम घुस खाएर अवैध ढंगले खोटो संकलन गर्नेलाई घुस खाएर ढुवानी अनुमति दिने वनमन्त्री शंकर भण्डारीले वनसचिव डा. कृष्णचन्द्र पौडेललाई यस्तो तल्लो स्तरमा गालीगलौज गरेका हुन् । अवैध ढंगले खोटो संकलन गर्नेलाई ओसारपसारको अनुमति दिने निर्णयको सचिव पौडेलले गर्न नमानेपछि उनलाई झापामा अनुगमनमा पठाएर प्रेमनारायण कँडेललाई निमित्तको जिम्मेवारी दिई उनले अवैध खोटो संकलन गर्नेलाई ओसोरपसार गर्न अनुमति दिएका थिए । पुस ७ गते मन्त्री भण्डारीले हिमाल रोजिन एण्ड टर्पेनटाइन जडिबुटी प्रशोधन कम्पनीलगायतलाई खोटो संकलन तथा ढुवानी गर्न दिने निर्णय गरेका हुन् । यो निर्णयप्रति सचिव पौडेलले आश्चर्य प्रकट गरेको कुरा मिडियामा प्रतिक्रिया दिएका थिए । मन्त्री भण्डारीले समाचार आउनासाथ शनिबार सचिव पौडेललाई मोवाइलमा फोन गरी ‘भोलिदेखि मन्त्रालयमा नआउन उर्दी जारी गरे । उनले सचिव पौडेललाई प्रहरीका तल्लो तहका सिपाही हवल्दारले जस्तो अश्लिल गालीगलौज गर्दै आइतबारदेखि मन्त्रालय आए गलहत्याएर निकाल्ने धम्की समेत दिएको स्रोतले बताएको छ ।
खोटो संकलनमा ठूलो रकम घुस खाएको कुरा उजागर भएपछि मन्त्री भण्डारीले सचिवले नै सूचना चुहाएको आरोपमा उनलाई मन्त्रालय नआउन, आए गलहत्याउने फतवा जारी गरेका थिए । एक महिनाभित्र अवकाश हुन लागेका सचिव पौडेलले मन्त्री भण्डारीले असभ्य र अश्लिल गालीगलौज गरेपछि मुख्यसचिव डा. सोमलाल सुवेदीलाई अद्योपान्त सुनाए । मुख्यसचिव सुवेदीले मन्त्रीले जे भने पनि मन्त्रालयमा जान निर्देशन दिए । मन्त्री भण्डारीले कानुनतः गर्नै नमिल्ने र करोडौं करोड घुस आउने सेटिङका फाइल सचिव पौडेललाई उपत्यका बाहिर वा विदेश पठाएर निमित्त सचिवको जिम्मेवारी सहसचिव कँडेललाई निमित्त बनाउँदै फत्ते गर्र्देआएका छन् । कँडेल निमित्त सचिव भयो कि वन मन्त्रालयमा अब मन्त्री भण्डारीले कति घुस खाएर कुन वन कसलाई दिए भन्ने चर्चा हुने गरेको छ । मन्त्री भण्डारीले ५ हेक्टर वन माग्ने कम्पनीलाई करोडौं घुस खाएर २ सय ५ हेक्टर जमिन दिएका कुरामा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग वन मन्त्रालयका कर्मचारीले गरेका छन् ।
यो समाचार दृष्टि साप्ताहिकले यो अनलाईनमा छापेको छ
http://www.drishtinews.com/content/forest-minister-of-nepal.html#sthash.xGyuYKWz.SGFSHIeM.dpuf
No comments:
Post a Comment