इनरुवा । लामो समयदेखि छिमेकी युवासँगको प्रेममा रहेकी इनरुवा नगरपालिका वडा नम्बर ५ की एक १९ बर्षिय युवती विचल्लीमा परेकी छिन ।
प्रेममा रहेकी युवतीलाई प्रेमी सुवास चौधरीले विवाहको आश्वासन दिएर विगत केही महिनादेखि नियमित यौनसम्पर्क गर्दै आएकोमा अहिले पाँच महिनाको गर्भ रहेको छ ।
उनी गर्भवती भएको थाँहा पाएपछि दुबै परिवार र छिमेकी बसेर कानूनी बाटोमा नगई सामाजिक रुपमै मिलाउने सल्लाह भएपनि अन्तमा केटाको परिवारले ठूलो रकम दाईजो मागेर विवाह गर्न नचाहेपछि पीडित परिवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगेका थिए ।
पीडित युवतीका मामा दिपेन्द्र राजभरले केटाको बुबाले अरुले पाँच लाख रुपैया दाईजो दिईसकेकोले त्यो भन्दा बढी दिए केटीसँग विवाह गराउने नभए जो गर्छौ गर भनेर धम्की दिएपछि बाध्य भएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा जानु परेको गुनासो गरे ।
सुस्त मनस्थितिका बुबाले स्थानीय प्लाईउड उद्योगमा मजदुरी गरेर परिवार पाल्दै आएकोमा ५ लाख रुपैया दिएर विवाह गराउन सक्ने कुरै भएन । प्रहरीमा उजुरी दिएपछि आरोपित युवकलाई काका बीरेन्द्र चौधरीले भगाएपछि अहिले पीडित र उनको परिवार मानसिक रुपमा विक्षिप्त अवस्थामा पुगेको छ ।
मामा भन्छन,‘ केटा भाग्यो, अब आफ्नो जीवन बर्बाद भयो भनेर भान्जी मानसिक रुपमा विक्षिप्त अवस्थामा पुगेकी छिन । दिनभरी रुईरहन्छिन, कतिबेला अब म बाँचेर केही छैन भन्दै पासो लाग्न डोरी खोज्छिन त कहिले त्यसै भौतारिएर बेहोसिमा हिड्छिन ।’
मानसिक रुपमा विक्षिप्त अवस्थामा पुगेकी ति गर्भवती युवतीलाई कुर्न जनमजदुरी छाडेर बाबु आमा दिनभरी घरै बस्ने गरेका छन । दुबै अभिभावक छोरी कुरेर बस्नु पर्दा बस्ने जग्गा बाहेक केही नभएको सो परिवारलाई कसरी गर्जो टार्नु भन्ने समस्याले छोप्न थालेको छ ।
सो घटनामा पीडितलाई न्याय दिलाउन पटक पटक सामाजिक छलफल भईसकेको छ तर केटा पक्षले विभिन्न बहाना गरेर आलटाल गर्दै धम्कि दिन थालेपछि समाज पनि सबै किसिमको कानूनी उपचारकोलागि अघि बढ्ने निष्कर्समा पुगेको छ ।
स्थानीय समाजसेवी बौवालाल मेहताले समाजले भन्दा समेत आफ्नो छोरालाई नल्याएर अनेक किसिमको बहानाबाजी गर्न थालेपछि शनिवार बसेको सामाजिक भेलाले पीडित युवतीलाई न्याय दिलाउन, मानवअधिकार आयोग, महिला सञ्जाल, अदालत, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने देखि दवाव दिने खालका कार्यक्रम गर्ने निर्णय गरेको जानकारी बर्णमालामा छ ।
उनले भने,‘ घटना सार्वजनिक हुने बित्तिकै आरोपित केटालाई भगाउनु र केटापक्षले अनेक बहानाबाजी गर्नुले दोषि केटा भएको निष्कर्स समाजले निकालेको छ ।
अब २४ घण्टामा केटालाई उपस्थित गराएर केटीलाई न्याय नदिए समाज एक भएर न्यायकोलागि कानूनी बाटो अपनाउने निष्कर्समा पुगेको छ ।’
उनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा मंसिर २२ गते नै पीडित पक्षले किटानी जाहेरी दिएपनि प्रहरीले बाबुआमालाई एक दुई दिन सोधपुछ गर्नु बाहेक कुनै कदम नचालेर पीडित पक्षलाई झनै पीडामा पुर्याएकोले समाजले न्यायकोलागि दवाव दिने निर्णय गरेको बताए ।
No comments:
Post a Comment