loading...

Saturday, February 4, 2017

दुई महिनापछि नेपालमा भूकम्पको धक्का

दुई महिना लामो अन्तरालपछि नेपालमा शनिवार भूकम्पको धक्का महसुस भएको छ । 
शनिवार साँझ ५ बजेर ५८ मिनेटमा दोलखलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । 
यद्यपि यो धक्कालाई मापन केन्द्रले २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ । 
यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ म्याग्निच्यूडको परकम्प गएको थियो । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पयता ४ म्याग्निच्यूड माथिका ४७५ वटा परकम्प गइसकेका छन् ।

No comments:

Post a Comment

loading...