loading...

Saturday, February 4, 2017

Breaking!! भारतबाट आएको औषधिको चक्किमा फलामको तार भेटियो,भाचेर मात्रै खान सुझाब !


१० फिट बाक्लो हिउँमा आमाको शव बोकेर ३२ किमी पैदल हिँडे प्रहरी जवान, सरकारी सहयोग पाएनन् ::

PROMOTED CONTENT
दिल्ली, २२ माघ - भारतीय सेनाका एक प्रहरी जवान भाइका साथ आफ्नी ५५ वर्षीय आमाको शव बोकेर १० फिट हिउँमा ३२ किलोमिटर पैदल हिँडे।

२९ जनवरीमा प्रहरी जवान मोहम्मद अब्बासकी आमा शकीना बेगमको भारत पठानकोटमा हृदयघातका कारण निधन भएको थियो। मोहम्मद पठानकोटमा भारतीय सेनामा कार्यरत छन्। उनकी आमा पनि उनीसँगै बस्दै आएकी थिइन्।

अघिल्लो दिन मोहम्मद आफ्नी आमाको शव लिएर आफ्नो गाउँमा दाहासंस्कारका लागि हिडेका थिए। तर त्यही समयमा त्यहाँ भारी हिमपातका कारण पुरै ठाउँको जनजीवन प्रभावित हुन पुग्यो। मोहम्मदले श्रीनगर पुग्नका लागि सरकारी सहयोगका लागि घण्टौँ प्रतिक्षा गरे। तर मौसम खराबीका कारण उनले कुनै सहयोग प्राप्त गर्न सकेनन्।

कतैबाट सहयोग नमिल्ने भएपछि उनी अन्तत भाइका साथमा आमाको शव बोकेरै श्रीनगबाट पैदल हिडेर आफ्नो गाउँ हिडे । श्रीनगरबाट उनको गाउँ १२० किलोमिटर टाडा पर्छ। मोहम्मदले हार मानेनन्, र दुबै भाई आमाको शव बोकेर १० फुट बाक्लो हिउँमा ३२ किलोमिटर टाडा हिँडे । त्यसपछि आसपास रहेका स्थानीयले उनलाई सहयोग गरे र उनी शव लिएर आफ्नो गाउँ पुगे।

मोहम्मदका भाइ मोहम्मद रफीक के भन्छन्, 
५५ वर्षकी मेरी आमा मेरो दाइसँग पठानकोटमा बस्दै आएकी थिइन्। २९ जनवरीमा राती २ बजे उनको मृत्यु भयो। आर्मीले उनको राम्रोसँग उपचार गरिदिएका थिए। तर उनलाई बचाउन सकेनन्। हामीले अत्येष्टीका लागि उनको शव लिएर आफ्नो गाउँ चित्रकोट तर्फ लाग्यौँ। हामी पठनकोट बाट २९ जनवरीमा स्किएर ३१ जनवरीमा बिहान ९ बजे श्रीनगर पुग्यौँ।

हामीलाई बताइएको थियो की श्रीनगरबाट सिविल प्रशासनले हेलिकप्टर चार्टर गराइदिने छ। श्रीनग
मा तीन घण्टा पछि ५० हजार रुपैयाँ दिएपछि मात्र शव तंगधार तकमा पुर्याइदिन्छौँ भन्ने खबर प्राप्त गर्यौँ।

कोही सरकारी सहयोग मिलेन 
हामीले जेनतेन हेलिकप्टर चार्टरका लागि पैसा जम्मा गर्यौँ। आधा घण्टा पछि फेरि अर्को खबर प्राप्त भयो की पायलट मौसम देखेर डराए र यस्तो मौसममा उनले उडान भर्न मानेनन्। त्यसपछि हामी दुबै भाइ आमाको शव लिएर 
पैदल नै जानुपर्यो।

कुपवाडा पुगेर हामीले त्यहाँको ड्युटी पुलिस कमिश्नर र एसएसपी कुपवाडासँग कुरा गर्यौँ। उनले हामीलाई आश्वासन दिए, ५ घण्टाभित्र तंगधार जानका लागि ५२ किलोमिटरसम्म साधन उपलब्ध गराइदिने छौँ। हामीले उनको कुरा मानेर त्यहाँ धेरै घण्टा पर्खियौँ। जब त्यहाँबाट पनि हामीलाई कुनै सहयोग नमिलेन। 
त्यसपछि हामी पैदत हिडेरै पुग्न सक्छौ होला भन्ने सोच्यौँ। ३२ किलोमिटर हिडिसकेपछि हामीलाई फोन आयो। हेलिकप्टर तयार छ तिमीहरु त्यहाँबाट फर्क। फेरि फर्केर जान हामीलाई ४ ५ घण्टा लाग्ने भयो। त्यसपछि आमीले त्यो सहयोग अस्वीरकार गरिदियौँ। आमी सीपी क्षेत्रको रंगवाड गाउँमा पुगेपछि त्यहाँ केही गाउँलेले हाम्रो सहयोग गरे। उनको सहयोगले हामी आमाको शव लिएर आफ्नो गाउँसम्म पुग्यौँ। बीबीसीको सहयोगमा   

 - See more at: http://dcnepal.com/news/news.php?nid=260134#sthash.WAbzMtNS.dpuf

शितलनिवाससँग भिख मागिरहेको छ यो घर, जसले मदनलाई हुर्कायो र विद्यालाई बाटो देखायो !

नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीका नाममा थुप्रै सङ्घसंस्था खुलेका छन् । भण्डारीकै नाम जोडेर खोलिएका विभिन्न सङ्घसंस्थाले क्रियाशील रहँदै नाम र चर्चा पनि कमाएका छन् । नेता भण्डारीकै राजनीतिक सिद्धान्तलाई पछ्याएको पार्टी नेकपा एमाले वर्तमान सरकारको नेतृत्वकर्ता पनि हो ।


यति मात्रै हैन स्व. नेता भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी वर्तमान राष्ट्रपति हुन् । तर तिनै स्व। नेता भण्डारीको जन्मघर एवम् त्यही घरसँग नाता गाँसेकी विद्यादेवी भण्डारीको पुख्र्यौली घर ताप्लेजुङको ढुङ्गेसाँघुमा कम्तीमा पनि ओत लाग्ने छानोको अभावमा देखिएको छ । दुईतले खरले छाएको तर खर मक्किएर प्वालैप्वाल अनि भित्ता लिपिएको माटो उप्किएर भत्किन थालेको, हेर्दा थोत्रो देखिने घरमा कुनै बेला पार्टीको सभा, गोष्ठी हुँदा नेता कार्यकर्ताको खचाखच हुन्थ्यो । तर अहिले त्यही घरमा मान्छे बस्नु त के छानो ओढाई दिने कोही नहुँदा दिनानुदिन जीर्ण हुँदै ढल्ने अवस्थामा पुगेको छ । अहिले घरका भित्ता उप्किएर गारो भत्कन थालेको छ भने छानो मक्किएर झर्ने अवस्थामा पुगेको छ ।


लिपपोतको अभावमा सो घरको भित्ता उप्किएर गारोसमेत भत्कन सुरु भएको छ भने छानो मक्किएर धुजाधुजा हुँदा बर्सातको समयमा पानी चुहिएर हिलाम्मे हुने गरेको छ । सोही घरमा नै मदन भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । वि.सं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशाला (जुन बर्खायाममा बन्द हुन्थ्यो) बाट नै औपचारिक शिक्षातर्फ भण्डारीले प्रवेश गरेका थिए । जन्मिएको १५ वर्षसम्म सो गाउँमा नै भण्डारीको जीवन बितेको थियो भने त्यसपछि २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरीमा बसाइँ सर्‍यो ।

भण्डारी परिवारको बसाइँसराइपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समयमा सम्पूर्ण जग्गामध्ये घरसहितको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा रहेको एमाले ताप्लेजुङका नेता कार्यकर्ताले बताएका छन् । सो क्षेत्रलाई नमुना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी मदन भण्डारी स्मृति प्रतिष्ठानले घरजग्गा लिएको एमाले ताप्लेजुङका सन्तोष चाम्लिङ राईले बताए ।

अनेरास्ववियु ताप्लेजुङका अनुसार अहिलेसम्म आश्वासन बाहेक अरू केही काम हुन सकेको छैन । ‘न त मर्मत नै भयो न घरको अवस्थाका बारेमा कसैलाई चासो नै छ, अब कसले गर्ला यस घरको मर्मत र सम्भार रु’ एमाले निकट सो विद्यार्थी सङ्गठनले सो ठाउँमा पुगेर यस्तै प्रश्न गर्दै चासो बढाएको छ ।

विभिन्न समयमा जननेता भण्डारीको पुख्र्यौली घर भनेर ठूलै चर्चा चल्ने गरे पनि मर्मतसम्भारका लागि कसैले वास्ता नगरेपछि बुधबार अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङ र सोही विद्यार्थी सङ्गठनकै पाथीभरा बहुमुखी क्याम्पस एकाई कमिटीको संयुक्त टोली सो घरमा पुगेर सरसफाइ गरेको थियो । चुहिँदै गरेको छानोमा त्रिपालसमेत ओढाउने काम भयो । ‘नेता भण्डारीको घरलाई महत्वका साथ हेरिने गरिए पनि कसैले मर्मत सम्भारमा ध्यान नदिएपछि हामी पुगेर सरसफाइ गर्नुका साथै त्रिपाल ओढाउने सम्मको काम गर्‍यौँ’, सङ्गठनका जिल्ला उपसचिव राजु नेपालीले भने ।

नेता भण्डारीको जन्मस्थल र घरलाई आन्तरिक वा बाह्य पर्यटकका लागि समेत घुम्न योग्य ठाउँको रुपमा प्रवद्र्धन गरिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

आज भन्दा २०० वर्ष अगाडि यसरी गरिन्थ्यो शल्यक्रिया, शल्यक्रिय गर्दाका भयानक तस्वीरहरु हेर्नुहोस


विराटनगर, २५ मंसिर । आज भन्दा २००/ ३०० वर्ष अगाडिको शल्यक्रिया प्रकृया हाम्रो लागि अब आश्चर्यजनक बन्न थालेको छ ।
अनौठो र भयानक लाग्छ त्यतिबेलाका शल्यकृयासँग सम्बन्धित कथा र कुराकानी सुन्दा मात्र पनि । आज भन्दा २००/३०० वर्ष अघि बेहोस नपारीकन वा नलठ्याइकन शल्यक्रिया गरिन्थ्यो । शल्यक्रिया गर्दा एनेस्थेसियाको प्रयोग पहिलोपटक सन् १८४६ मा भएको हो । सानोतिनो शल्यक्रिया गर्दा समेत विरामीलाई धेरै पीडा दिएर, रगतको खोलो बगाएर शल्यक्रिया गरिन्थ्यो । किनभने त्यो समयमा अहिलेको जस्तो अत्याधुनिक प्रविधी थिएन ।
यहाँ १७ औँ, १८ औँ तथा १९ औँ सताब्दीका शल्यक्रियाका निकै दुर्लभ तस्वीरहरु प्रश्तुत गरीएको छ । चिकित्सा विज्ञानको इतिहासका अध्येता रिचार्ड बार्नेटले तयार पारेको चित्र पुस्तकमा १७ औँ, १८ औँ तथा १९ औँ सताब्दीका शल्यक्रियाका निकै दुर्लभ तस्वीरहरु प्रश्तुत गरीएको छ । क्रुसल इन्टरभेन्सन शीर्षको सो किताबका केही चित्र तस्वीरहरु यस्ता छन् ।

यो २ थोपा कानमा राख्नुस्, ८०-९० बर्ष सम्मका वृद्धको समेत ९७% सुन्ने शक्ति बृद्धि हुन्छ यसले

कान नसुन्ने समस्यालाई ९७ %  हटाउने आश्चर्यजनक सरल प्राकृतिक उपाय
नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु र अनलाइनबाट साभार गरिएको हो । यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला ।
एजेन्सी–उमेर बढ्दै गएपछि कान नसुुन्ने समस्याबाट धेरै मानिस पिडित हुने गर्दछन् । तर अहिले यो समस्या बृद्ध अवस्थामा मात्र नभई प्राय सबैमा देख्न थालिएको छ । यसले मानिसको जीवनमा निकै गम्भिर समस्याको रुप लिन सक्छ ।
उदाहरणको लागि यदि तपाइँ बाटोमा हिड्दैं हुनुहुन्छ र पछाडि बजेको हर्नलाई सुन्न सक्नुभएन भने यसले ठूलो दुर्घटना निम्त्याउन सक्दछ । त्यसैगरी काम गर्ने ठाउँमा पनि एउटै कुरालाई धेरैचोटि दोहोर्याई भन्नुपर्ने कारणले गर्दा समस्या आउन सक्छ । तपाइँले यस समस्याको उपचारको लागि बजारमा धेरै किसीमका औषधिहरु पाउन सक्नुहुन्छ । तर यस समस्याको समाधान प्राकृतिक औषधिको प्रयोगबाट पनि गर्न सकिन्छ । आज हामी तपाइँलाई कान नसुन्ने समस्याबाट मुक्ति पाउने सरल प्राकृतिक उपचारबारे जानकारी दिन्छौं । जस्मा हामीले सधैं भान्छामा प्रयोग गर्ने साधारण सामाग्री लसुनको प्रयोग गर्न सक्छौं । लसुनमा रोगलाई निको पार्ने गुण हुन्छ । त्यसैले यसको प्रयोग विभिन्न स्वास्थ्यसम्बन्धि समस्याहरुलाई हटाउनको लागि गरिन्छ । कानको समस्यालाई हटाउनको लागि लसुनको प्रयोग निम्नानुसार गर्न सकिन्छ । :
आवश्यक सामाग्रीहरु :
१) ३ वटा लसुन
२) जैतुनको तेल
३) थोपा झार्ने भाँडो ( ड्रोपर )
४) कपास
विधि :
सबैभन्दा पहिला लसुनको बोक्रालाई र्खुकाउनुहोस् । त्यसपछि यसलाई पखालेर पिसेर जुस निकाल्नुहोस् । र यस जुसलाई जैतुनको तेलसँग मिसाएर थोपा झार्ने भाँडोमा हाल्नुहोस् ।
त्यसपछि ३ वा ४ थोपा यस तेललाई आफ्नो कानमा हाल्नुहोस् । र कानबाट तेललाई बाहिर जान नदिनको लागि कपासले छोप्नुहोस् । त्यसपछि एकछिन सुतेर आराम गर्नुहोस् । यसबाट तपाइँको कानको भित्रसम्म तेल पुग्दछ । यसले तपाइँलाई छिटै आश्चर्यजनक परिणाम दिलाउँछ ।

दुई महिनापछि नेपालमा भूकम्पको धक्का

दुई महिना लामो अन्तरालपछि नेपालमा शनिवार भूकम्पको धक्का महसुस भएको छ । 
शनिवार साँझ ५ बजेर ५८ मिनेटमा दोलखलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । 
यद्यपि यो धक्कालाई मापन केन्द्रले २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ । 
यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ म्याग्निच्यूडको परकम्प गएको थियो । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पयता ४ म्याग्निच्यूड माथिका ४७५ वटा परकम्प गइसकेका छन् ।

ह्याण्डराइटिंग भनेको यस्तो पो हुनुपर्छ, हेर्नुहोस एउटा स्कुलको बच्चाले लेखेको कम्प्युटरको जस्तै ह्याण्डराइटिंग [ पुरा हेर्नुहोस ]

Here is one of the best handwriting of Nepali language. Who wrote this is not identified but it looks like a printed writing. Though it is hand written.
loading...